काठमाडौं । वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो ।
बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते