काठमाडौं । वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो ।
बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो