दुर्गा मूर्ति विसर्जनमा हिन्दू-मुस्लिमबीच विवाद बढेपछि लाग्यो कर्फ्यू

पत्रपत्रिकाबाट

सोमबार, ०५ कार्तिक २०७५, ०८ : ३७
दुर्गा मूर्ति विसर्जनमा हिन्दू-मुस्लिमबीच विवाद बढेपछि लाग्यो कर्फ्यू

काठमाडाैँ । नेपाल भारत सिमानाका कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बन्दै गएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको हो ।

कृष्णनगरमा तनाव हुन नछोडेपछी कपिलवस्तु प्रशासनले अाइतबार साँझ ५ बजेदेखि कफ्र्यूृ आदेश जारी गरेकाे छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कपिलबस्तु प्रसासनले कर्फु लगाएकाे हाे  ।

अहिले पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान भइरहेपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न अाइतबार साँझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको हो । उनले दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस