१० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्दै

पत्रपत्रिकाबाट

सोमबार, ०५ कार्तिक २०७५, ०८ : ०६
१० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्दै

काठमाडौं । सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि रिक्त चार र खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको ‘रोस्टर’ तयार पार्दैछौँ, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी ‘क्याबिनेट’मा प्रस्ताव लैजान्छौँ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्ति हुनेछ ।’

हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदूत छैनन् । यूएईमा अढाइ वर्षअघि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जनन बस्नेतको पदावधि सकिएको थियो । भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्य लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए । राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत साउनमै सकिएको थियो । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस