काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन् । एकजनाको टाउको फुटेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए । माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए । उनीहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी पीडितले माइतीघरमा अर्धनग्न प्रदर्शन
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन