काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठक आज बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा ३ बजे हिजोको बैठकलाई निरन्तरता दिने गरि बस्न लागेको जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।
रास्वपामा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा गर्ने भनिएको आन्दोलन बारे विवाद रहेको छ । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलित रहेको रास्वपामा आन्दोलनलाई निरन्तरता दिने की नदिने भन्नेमा विवाद रहेकाले आन्दोलन प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी