काठमाडौँ । गृहजिल्ला डडेल्धुराबाट फर्किएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन्। आज बिहान बुढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन्।
भेटमा पछिल्ला विकसित समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनलगायतको विषयमा कुराकानी भएको बताइएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति र महामन्त्रीहरुबीचको भेट नियमित भेट मात्रै भएको बताए।
करिब एक साता डडेल्धुराबाट फर्किएका देउवाले काठमाडौँ आएलगत्तै हिजो साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सत्तारुढ दलका दुई शीर्ष नेताहरुबीचको भेटमा सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारे छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त