काठमाडौँ । गृहजिल्ला डडेल्धुराबाट फर्किएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन्। आज बिहान बुढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन्।
भेटमा पछिल्ला विकसित समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनलगायतको विषयमा कुराकानी भएको बताइएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति र महामन्त्रीहरुबीचको भेट नियमित भेट मात्रै भएको बताए।
करिब एक साता डडेल्धुराबाट फर्किएका देउवाले काठमाडौँ आएलगत्तै हिजो साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सत्तारुढ दलका दुई शीर्ष नेताहरुबीचको भेटमा सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारे छलफल भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?