सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् । काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो