काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान काँग्रेस-एमाले गठबन्धन पुरै कार्यकाल सम्म रहने बताएका छन।
शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वर्तमान गठबन्धनको उद्देश्य संविधान संशोधन स्थायीत्व र सुशासन कायम गर्ने उद्देश्यले बनेकोले सरकार र गठबन्धन पुरै कार्यकाल सम्म रहने बताए ।
गठबन्धन भित्र केही समस्या रहेपनी आपसी समझदारी गर्दै पुरै कार्यकालसम्म चल्ने उनले बताए । संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ आवश्यक पर्ने भएकोले अन्य दलहरूसँग पनि परामर्श र सहमति गर्दै अगाडी बढने बताए ।
पुइलेकमा विमानस्थल,परिगाउँमा नेपाल-भारत जोडने पुल,डडेल्धुरामा मेडिकल कलेज कहिले बन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एयरपोर्ट बनाउन डिटेल सर्भे गराउने र त्यसको लागि आवश्यक प्रक्रिया अगाडी बढाइने बताए ।
परशुराममा नेपाल-भारत जोडने मोटरेवल मोटरेवल पुल बनाउन भारत तयार रहेकोले सो प्रक्रिया अगाडी बढ्ने उनको भनाइ छ। डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रक्रिया अगाडी बढिसकेकोले प्रक्रियागत रूपले अगाडि बढने बताए।
यसैगरी सभापति देउवाले ८४ मा हुने निर्वाचन पनि लड्ने बताएका छन् ।
आगामी २०८४ मा चुनाव लड्नुहुन्छ कि लड्नुहुन्न भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने ‘तपाईँहरू सबैले भोट दिए चुनाव लड्छु।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’
संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’ : देउवा
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
देउवाले बोलाए पदाधिकारी बैठक