काठमाडौँ । नेपाली काँग्रेसले दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेमा रामकृष्ण लकान्द्री-तेह्रथुम, दीपक सोनी-दैलेख, कलावती पासवान-बारा, विपेन्द्र रामुदामु-चितवन, कुमार टेलर-डोटी, शान्ता सुनार-धादिङ, प्रकाश घतानी-काठमाडौँ, सुनिल बुढाथोकी-पाल्पा, कुमारी सार्की-कैलाली र केदार गान्धारी-गोरखा रहेका छन् l

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि
काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग
काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
काँग्रेस संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत