काठमाडौँ । नेपाली काँग्रेसले दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेमा रामकृष्ण लकान्द्री-तेह्रथुम, दीपक सोनी-दैलेख, कलावती पासवान-बारा, विपेन्द्र रामुदामु-चितवन, कुमार टेलर-डोटी, शान्ता सुनार-धादिङ, प्रकाश घतानी-काठमाडौँ, सुनिल बुढाथोकी-पाल्पा, कुमारी सार्की-कैलाली र केदार गान्धारी-गोरखा रहेका छन् l


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो