काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा संसदीय समितिमा छलफल हुने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बीआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
अहिलेसम्म बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसले समेत बिआरआई अन्तर्गत ऋण लिन नहुने बताउदै आएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणको अर्को एजेण्डा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्ताव रहेको छ । यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरिसकेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो ।
विमानस्थल अहिलेसम्म संचालन हुन नसकेपछि नेपालले सो ऋणलाई अनुदानमा परिणत गर्न पहल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता
लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद् अवरूद्ध पारेका छन् : प्रधानमन्त्री
समावेशीता कुनै कामको कुरा होइन, यसबाट राजनीतिक पदमा पुग्ने मात्र होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली