काठमाडौँ । पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौँ विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।
जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ ।
एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपनि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई र २६ टी-२० आई खेल खेलेका छन् । उनले टी-२० आईमा २७३ रन बनाउनुका साथै १२ विकेट लिएका छन् ।
मक्सुदले पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर कलन्दर्स र पेसार जाल्मी गरी चार टोलीबाट खेलिसकेका छन् । उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२१ अगष्टमा वेष्ट इन्डिज विरुद्ध अन्तिम टी-२०आई खेलेका थिए ।
मक्सुद सन् २०२१ को टी-२० विश्वकपका लागि पाकिस्तानी टिममा समावेश थिए तर चोटका कारण उनी टिमबाट बाहिरिएका थिए । राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।
क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल