एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १-० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो । म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।
यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ कार्तिक २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार