काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली कर्णाली याक्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता पूर्ण बहादुर खड्काको समेत उपस्थितिमा टिमका मार्की प्लेयर सोमपाल कामी, मुख्य प्रशिक्षक तथा टिम डिरेक्टर ज्ञानेन्द्र मल्ल, फेस अफ दि कर्णाली याक्स स्वस्तिमा खड्काले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका थिए ।
जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाल र संस्कृति समेटिएको छ भने याकको सांकेतिक तस्बिर पनि छ । निलो रङको जर्सीमा पहेँलो रङ मिलाएर जर्सी तयार पारिएको छ । कार्यक्रममा मार्की खेलाडी सोमपाललाई उनले लगाउने १० नम्बर जर्सी पनि प्रदान गरिएको थियो ।
मार्की खेलाडी सोमपालले आफूले खेल्न सुरु गर्दा यो लेभलमा लिग हुन्छ भनेर सपना देखेको र अहिले आएर पूरा हुन लागेको देख्दा खुसी लागेको बताए । सोमपालले कर्णाली याक्स टिम सन्तुलित रहेको र राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा लिग खेल्न आफू उत्साहित रहेको पनि बताए ।
सोमपालले एनपीएलले विगतको भन्दा ठूलो लिग हुन लागेको र यसबाट नयाँ खेलाडीहरू पनि आउने अपेक्षा व्यक्त गरे । यस्तै कर्णाली याक्स टिम सन्तुलित रहेको र लिगमा राम्रो प्रदर्शन गर्ने बताए ।
नेता पूर्णबहादुर खड्काले आफू युवा तथा खेलकुद संस्कृति मन्त्री हुँदा २६ वर्षअघि टीयू मैदानमा जिटिभीले प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै अहिले एनपीएल सम्म आइपुग्दा नेपाल क्रिकेटको विकास भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त