वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने ।
रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्, तर उनले यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।
तासमा छापिएको समाचारका अनुसार ट्रम्पले अहिलेसम्म भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेको बताएका छन् । आफू र बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि ट्रम्पले बताए ।
सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढवा दिन रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो । तर, रुसले त्यस्ता सबै आरोप अस्वीकार गरेको थियो । अमेरिकी विशेष वकिल रोबर्ट मुलरले सन् २०१६ मा ट्रम्पको अभियान र रुस बिचको साँठगाँठको आरोपमाथि छानबिन गरेका थिए ।
तर तीन वर्ष पछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प