प्युठान। प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
उनका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।
घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो