काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ। पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरुङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष शोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको छ।
यस्तै, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई निर्वाचन क्षेत्रका कमान्डर तोकेको उनले बताए।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा हुने उपनिर्वामा राप्रपाले कुनै दलसँग पनि तालमेल नगरी चुनाव लड्ने तयारी गरेको बताए। केही क्षेत्रमा उम्मेदवार टुंगिसकेको भए पनि केही दिनमा सबै ठाउँमा उम्मेदवार टुंग्याएर चुनावी अभियानमा लाग्ने उनको भनाइ छ।
उनले गएको निर्वाचन भन्दा अहिले नतिजा सुधार गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको बताए। उनले अहिलेसम्म कुनै दलसँग तालमेल हुनसक्ने अवस्था नदेखिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने