गाजा । प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकी चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् ।
वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन्।
सन्देशमा उनले विश्व अन्तर्राष्ट्रिय कानून अनुसार चल्नुपर्ने बताए । अब्बासले भने, ‘हामी शान्तिप्रति हाम्रो प्रतिबद्धतामा दृढ छौँ र हामी विश्वस्त छौँ कि संयुक्त राज्य अमेरिकाले पनि तपाईंको नेतृत्वमा प्यालेस्टिनीहरूको जायज मागलाई समर्थन गर्नेछ।
गाजामा एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबिच द्वन्द्व चलिरहेको छ । अमेरिकी चुनावका क्रममा इजरायल डेमोक्रेसी इन्स्टिच्युटले गरेको सर्वेक्षण अनुसार करिब दुई तिहाई इजरायली नागरिकले ह्यारिस भन्दा इजरायली हितका लागि ट्रम्प राम्रो नेता भएको विश्वास गरेका थिए ।
यता, ट्रम्पको जितमा हमासका वरिष्ठ नेता बसम नइमले यसलाई अमेरिकीहरूको व्यक्तिगत मामिला भनेका छन्। यद्यपि उनले गाजामा जारी द्वन्द्वको अन्त्य हुने आशा व्यक्त गरेका छन् । साथै उनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र र जेरुसेलमलाई राजधानी बनाउन सहयोगको आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प