गाजा । प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकी चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् ।
वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन्।
सन्देशमा उनले विश्व अन्तर्राष्ट्रिय कानून अनुसार चल्नुपर्ने बताए । अब्बासले भने, ‘हामी शान्तिप्रति हाम्रो प्रतिबद्धतामा दृढ छौँ र हामी विश्वस्त छौँ कि संयुक्त राज्य अमेरिकाले पनि तपाईंको नेतृत्वमा प्यालेस्टिनीहरूको जायज मागलाई समर्थन गर्नेछ।
गाजामा एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबिच द्वन्द्व चलिरहेको छ । अमेरिकी चुनावका क्रममा इजरायल डेमोक्रेसी इन्स्टिच्युटले गरेको सर्वेक्षण अनुसार करिब दुई तिहाई इजरायली नागरिकले ह्यारिस भन्दा इजरायली हितका लागि ट्रम्प राम्रो नेता भएको विश्वास गरेका थिए ।
यता, ट्रम्पको जितमा हमासका वरिष्ठ नेता बसम नइमले यसलाई अमेरिकीहरूको व्यक्तिगत मामिला भनेका छन्। यद्यपि उनले गाजामा जारी द्वन्द्वको अन्त्य हुने आशा व्यक्त गरेका छन् । साथै उनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र र जेरुसेलमलाई राजधानी बनाउन सहयोगको आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प