काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ । यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ । १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो ।
कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशत घटे । त्यस्तै म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशत बढे ।
नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको ३.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार बढ्यो, कारोबार रकम साढे १० अर्ब
नेप्से परिसूचक १० अंकले घट्यो
३९ अंक बढ्यो सेयर बजार, ९ कम्पनीमा १० प्रतिशत वृद्धि
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
बढ्यो सेयर बजार