काठमाडौँ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमान्ड गर्नेछन् ।
उपनिर्वाचन हुने अधिकतम पदहरूमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपाले उपनिर्वाचनमा भाग लिने वा नलिनेमा अन्योल थियो, तर पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने रणनीति बनाएको छ ।
यस उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाएको छ । समितिको संयोजकमा पराजुली तोकिएका छन् । सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयन्त्र प्रमुख नै चुनावी कमान्डर रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
सार्वजनिक यातायातको अवस्था सुधार गर्न रास्वपा सांसद गजुरेलको माग
रास्वपाले आज देशैभर वडा भेला गर्दै
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र