काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् । ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
रिपब्लिकन पार्टीले यसपटक राष्ट्रपति निर्वाचन मात्र होइन तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाउने पक्का भएको छ । जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न