पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालत लगिएको छ।
मंगलबार उनलाई अदालत उपस्थित गराइएको हो।म्याद थपका लागि उनलाई अदालत लगिएको हो।
साथै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ।
रास्वपा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो।
जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन