इस्लामावाद । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चालिरहेका छन् । नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ ।
कार्यालयमै आएर काम गर्ने ५० प्रतिशत कर्मचारीहरूले घरबाट काम गर्नेछन् । सप्ताहन्तमा शहरको वायु गुणस्तर सूचक (एक्यूआई) हजारमाथि उक्लिएको पुगेको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेर तोकेको स्तरको भन्दा झन्डै ४० गुणा धेरै हो ।
योसँगै लगातार दोस्रो पटक पनि लाहोर विश्वको सबैभनदा बढी प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । प्रदूषणका कारण पञ्जाब सरकारले विद्यालयमा मास्क अनिवार्य बनाएको छ । धुँवा बालबालिकाका लागि निकै घातक भएको पञ्जाबकी वरिष्ठ मन्त्री मरियम औरङजेबले बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल