काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेहरू :
१. जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन
२. ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन ।
३. ऐ.ऐ. बस्ने वर्ष ५० का जेम्स हिराचन ।
४. ऐ.ऐ. बस्ने वर्ष ५३ का गुन्ज हिराचन ।
५. ऐ.ऐ. बस्ने वर्ष ६० का दल बहादुर हिराचन ।
६. ऐ.ऐ. बस्ने वर्ष ५० का विश्वलालचन ।
७. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन ।
८. जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन ।
९. ऐ.ऐ. बस्ने वर्ष ५० का कविन ज्वारचन ।
१०. ऐ.ऐ. बस्ने वर्ष ६५ का याम प्रसाद मगर ।
११. ऐ.ऐ. बस्ने वर्ष ४० का सन्तोष लालचन ।
१२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ
मोरङमा लागुऔषध कारोबारी पक्राउ