बुटवल । दाङमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका-५ स्थित लमही-गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ कमलराेड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले मगरलाई लमही अस्पतालमा उपचारकाे लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताए । मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन