भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि उनले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताए ।
प्रधानमन्त्रीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिए । उनले भने, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा समावेश गर्न माग गरेका छन्, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रूपमा पाठ्यक्रमा समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन ।”
सरकारीस्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण थालिएको प्रधानमन्त्रीले बताए ।
भक्तपुरलाई जीवित सङ्ग्रहालयका रूपमा लिइएको बताउँदै उनले यहाँका ऐतिहासिक कला, संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ कार्तिक २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ