काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चन्द्रागिरि हिल्सको भ्रमण गर्दै काम गर्नेहरूका लागि नेपालमै अवसर रहेको सन्देश दिएका छन् । चन्द्रागिरिको सफल परियोजना र चन्द्र प्रसाद ढकालको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “काम गर्नेलाई अवसर छ भन्ने दृष्टान्त हो चन्द्रागिरि हिल्स र चन्द्र ढकाल।”
चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तकमा आफ्ना भावनाहरू अभिव्यक्त गर्दै ओलीले नेपालमै उद्यम र व्यवसाय गर्नेहरूका लागि ठूलो सम्भावना रहेको र देशमै काम गरेर भविष्य निर्माण गर्न सकिने उल्लेख गरे। उनले थपे, “चन्द्रागिरि हिल्स आइयो, हेर्नसम्म हेरियो, फुर्सदले मनोरञ्जन लिइयो, मीठो भविष्य पाइयो र अब घर गइयो।” प्रधानमन्त्रीको यो अभिव्यक्ति नेपालभित्रै उद्यमशीलता र रोजगार सिर्जनामा लाग्नुपर्ने सन्देशका रूपमा लिइएको छ।
प्रधानमन्त्री ओलीले चन्द्रागिरीमा पुगेर लेखेको यो पहिलो पटक होइन, यसअघि २०७५ असार ३० गते मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनमा चन्द्रागिरिमा बसेर उनले कविता लेखेका थिए। त्यसपछि, २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवका क्रममा एमाले अध्यक्षको रूपमा चन्द्रागिरि पुगेर ओलीले अर्को कविता लेख्दै चन्द्रागिरिको प्राकृतिक सौन्दर्य र शान्त वातावरणको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री ओलीको यस पटकको यात्रा र अभिव्यक्तिले देशमै केही गर्न चाहनेहरूलाई प्रेरणा दिएको छ, जहाँ उनले चन्द्रागिरि हिल्स र चन्द्र ढकाललाई नेपालमै अवसरको खोजी र सफलताको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्। यसले नेपालमा आर्थिक विकास र अवसरहरू सिर्जनाका लागि निजी क्षेत्रको योगदानको महत्त्वलाई थप उजागरसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ कार्तिक २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा छलफल
हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?