काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्।
नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुआत गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति सम्मान पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेपाल संवत्को नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुआतकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ कार्तिक २०८१, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता