काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपालिका–६ का ३२ वर्षीय तुलाराम बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कैलालास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरियाबाट बिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बिकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगीसम्बन्धी अनुसन्धान भइरहेको प्रहरील्े जनाएको छ ।
बिक दार्चुलाका इन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाइदिन्छु भनी विश्वास दिलाएर पटक–पटक गरी पाँच लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ कार्तिक २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदी बन्दी गोरखाबाट पक्राउ