रौतहट । चाडपर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी गस्ती टोलीले कागजपत्र नभएको २५ वटा मोटरसाइकल बरामद गरिएको छ।
गत असोज १७ गते देखि बुधवार कार्तिक १३ गते सम्म प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा कागजपत्र नभएको २५ थान बेवारिसे मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद मोटरसाइकलको कूल २२ लाख २५ हजार मूल्याङ्कन सहित बुधवार जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको डीएसपी राय द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। रौतहटमा चोरीको मोटरसाइकल चढ्ने संख्या बढेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले चेकजाँचमा तीव्रता दिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते