डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परशुराम नगरपालिका-६ का भूपेन्द्र भट्टको मृत्यु भएको हो।
बुधबार राति आफैँले चलाएको बा ०२–०२२ प २१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा भूपेन्द्र गम्भीर घाइते भएका थिए। जोगबूढा अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका सिद्धराज भट्ट घाइते भएका छन्। उनलाई जोगबुढा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको छ।
उनको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु