कलाकार संघद्वारा बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०८१, १४ : ४७
कलाकार संघद्वारा बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई नजिकिँदै गरेको जाडोका लागि कम्बल वितरण गरेको छ । संघले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई ८५ थान कम्बल वितरण गरेको हो ।

असोजको दोस्रो साता आएको लगातार केही दिनको वर्षाले काठमाडौँ, ललितपुरलगायतका देशका केही स्थानमा नोक्सानी पुर्‍याएको छ । नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्बल खरिद गर्न पठाएको सहयोग संघका महासचिव सविन श्रेष्ठको समन्वयनमा कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल छन्दे लगायत राहत वितरणमा खटिएका थिए ।

संघ सदैव सामाजिक काममा सक्रिय रहँदै आएको छ र, सोही  अनुरूप बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको सविच बुर्लाकोटीले बताए । संघ कलाकारहरूको हकअधिकारका लागि मात्र हैन आगामी दिनमा समेत समाजसँग नजिक रहेर सामाजिक काममा हातेमालो गर्ने अध्यक्ष निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस