पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् ।
मंगलबार बिहान बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका-३, पिपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रानालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु