पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् ।
मंगलबार बिहान बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका-३, पिपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रानालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु