काठमाडौँ । बाराको आदर्शकोतवाल गाउँपालिका–८ बोहा टोलस्थित जमुनी खोलामा डुबेर सोही ठाउँ बस्ने राम नारायण प्रसाद कुशवाहाकी छोरी ५ वर्षीय सोहानी कुमारी कुशवाहाको सोमबार दिउँसो मृत्यु भएको छ ।
यता बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा मिथिला विहारी नगरपालिका–१ स्थित महरानी इट्टा उद्योग नजिक खेतमा रहेको पानी जमेको खाल्डोमा डुबेर गणेशमान चारनाथ नगरपालिका–२ लखनपुर घर भएका घुरन साहकी छोरी ७ वर्षीय रोमा साहको सोमबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु