काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो ।
विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्नेछन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले गर्यो १५ जनाको सदस्यता खारेज
मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण
विपद् व्यवस्थापन सम्बन्धी 'राष्ट्रिय नीति मन्थन' कार्यक्रम आयोजना गर्दै रास्वपा