काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् । पूर्व प्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै काँग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको बताएका हुन् ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको बताए । ‘अहिले आवश्यकभन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो, ‘नेपालले भने, ‘उ बेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’
नेपालको राजनीति र नेपालको मौसम उस्ता उस्तै रहेको भन्दै पूर्वानुमान गर्नै नसकिने उनले व्यङ्ग्य गरे । अहिलेको सरकार काम गर्नेभन्दा पनि बोल्ने मात्र रहेको बताए । ‘जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ लागेन, ‘उनले थपे, ‘पदमा पनि सरकार देखिएन ।’ जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका-नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताललगायतमा अनावश्यक लगानी भएको उनले बताएका छन् ।
समाजवादी यात्रा गर्दा रोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार पुर्याइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने बताउँदै नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने उनको भनाइ थियो । सहकारपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । ‘दोषीलाई उन्मुक्ति र निर्दोष नफसोस् भन्ने हो, ’उनले थपे ।
नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए । दसौँ महाधिवेशनपछि पार्टी नयाँ सोचबाट अघि बढाउँदै आएको भन्दै उनले निर्वाचनले कतिपयलाई समेट्न नसकिएको बताए । पार्टीको प्रदेश अधिवेशनको तयारी भएको र जिल्लाको पनि क्रमशः गर्दै जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
एमाले डोल्पाको अध्यक्षमा लंक रोकाय निर्वाचित
जसपा नेपाल झापाको अध्यक्षमा चौधरी
पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त