काठमाडौँ । माओवादी केन्द्रका मधेस प्रदेशका नेता रामेश्वर राय यादवले प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयका लागि खुलेआम घुस खाएको बताएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै उनले साना कर्मचारीले दुई चार हजार घुस खाँदा समात्ने गरेकोमा ओलीले खुलेआम अर्ब रुपैयाँ खुस खाने प्रणालीको सुरुवात गरेको आरोप लगाए ।
उनले भने– ‘यो सरकारले अर्ब घुस खाने काम गर्यो, बिद्युत् प्राधिकरण जस्ता संस्थालाई निजीकरण गर्ने षडयन्त्र गरिरहेको छ । यसमा माओवादी केन्द्र सचेत रहेको छ । माओवादी केन्द्रले सुरु गरेको भ्रष्टाचार नियन्त्रण अभियानको फाइललाई यो सरकारले अघि बढाएन भने म यहीँबाट खबरदार भन्न चाहन्छु, यदि तिमीले सकेनौँ भने माओवादीले हिजोको बुद्धि र तागत बिसाएको छैन भन्न चाहन्छु ।’
देशमा ठुलो परिवर्तन ल्याए पनि केपी ओली सरकारले प्रतिगमन ल्याउन खोजेको बताउँदै परिवर्तनको उपलब्धि उल्टाउन खोजे माओवादीले हात बाँधेर नबस्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने