बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना २०८१ को बारेमा आज भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राख्दै उनले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।
लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको समेत जानकारी उनले दिए । भ्रष्टाचारलाई शून्यमा झार्ने गरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको उनको भनाई थियो ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आयोजनामा भैरहवामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे छलफल गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय