काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारभन्दा लोकप्रियताका जगमा राजनीति चलेको बताएका छन् । अखिल नेपाल महिला संघ काठमाडौँ जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिको दिशा नै गलत बाटोमा जाने स्थितिमा पुगेको बताए ।
‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन, तर काठमाडौँको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो’, उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै भने, र्याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्यो भने मान्छे लोकप्रिय हुन्छ। विरोध समस्याको समाधान हो र ?’
काठमाडौँमा एमालेले नजित्दा आजको राजनीति नै गलत बाटोमा जान खोजिरहेको उनको भनाइ छ । उनले कुनै एउटा विधामा सफल हुनु भनेको राजनीतिमा सफल हुन्छ भन्ने नरहेको बताए ।
महासचिव पोखरेलले संगठित रूपमा राजनीति चल्ने भन्दै कुनै एक व्यक्तिले राजनीतिको सुधार गर्छ भन्ने कुरा कल्पना मात्रै भएको जिकिर गरे । उनले काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतमा हुने गल्ती सच्याउने गरी लाग्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल