काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारभन्दा लोकप्रियताका जगमा राजनीति चलेको बताएका छन् । अखिल नेपाल महिला संघ काठमाडौँ जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिको दिशा नै गलत बाटोमा जाने स्थितिमा पुगेको बताए ।
‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन, तर काठमाडौँको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो’, उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै भने, र्याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्यो भने मान्छे लोकप्रिय हुन्छ। विरोध समस्याको समाधान हो र ?’
काठमाडौँमा एमालेले नजित्दा आजको राजनीति नै गलत बाटोमा जान खोजिरहेको उनको भनाइ छ । उनले कुनै एउटा विधामा सफल हुनु भनेको राजनीतिमा सफल हुन्छ भन्ने नरहेको बताए ।
महासचिव पोखरेलले संगठित रूपमा राजनीति चल्ने भन्दै कुनै एक व्यक्तिले राजनीतिको सुधार गर्छ भन्ने कुरा कल्पना मात्रै भएको जिकिर गरे । उनले काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतमा हुने गल्ती सच्याउने गरी लाग्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल