काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ ।
प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।
यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए ।
यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।
मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
चार महिनामा झण्डै १३ अर्बको विद्युत भारत निर्यात
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन