भाडा ६ सय, असुल्ने हजार

पत्रपत्रिकाबाट

मंगलबार, ३० असोज २०७५, ०८ : ०४
भाडा ६ सय, असुल्ने हजार

सिन्धुली । दशैँमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएको छ ।

काठमाडौँबा सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् ।

मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ ।

सिन्धुली आउने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् ।

अरु बेला यो रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका छन् ।

व्यवसायीले अग्रीम टिकट बुकिङसमेत गरेका छैनन् । -आजको कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस