जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

पत्रपत्रिकाबाट

मंगलबार, ३० असोज २०७५, ०७ : ५४
जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

बर्दिवास ।  महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । 

चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।  

भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ । 

बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्ष्गेत्रमा आउनेत्रित्तिकै कसबाट सताईएको बारे आफैँ भन्न थाल्छन् । 

प्रतिक्रिया दिनुहोस