काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनका अनुसार मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन