धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन् ।
उनीहरुको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पक्राउ गरिएको छ । ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट २७ वर्षीय बसन्त चौधरीलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ । उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
लागुऔषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ कार्तिक २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ