काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुगुको रारा पुगेका छन् । रारा घुमेपछि उनी आज जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने छन् ।
आज बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् । रारा ताल अवलोकन बाहेक त्यहाँ प्रचण्डको अन्य कार्यक्रम नरहेको प्रमुख मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘उहाँ रारा आइपुगेको जानकारी पाएका छौं,’ प्रजिअ पाण्डेले भने, ‘यहाँ ताल क्षेत्र अवलोकनबाहेक उहाँको अरु कार्यक्रम छैन ।’
रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् । उनले त्यहाँ पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ कार्तिक २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समिति बैठकमा सहभागी भए प्रचण्ड
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड