एजेन्सी । मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ ।
अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको बताएका छन् । अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो