काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् ।
बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल जारी