झापा । झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।
४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर कर्तव्य गरी फरार भएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली संयुक्त खटिएको थियो । टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो ।
चौहानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असोज २०८१, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण