एजेन्सी । अमेरिकामा शक्तिशाली मिल्टन आँधीबाट हुने सम्भावित विनाशलाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र पारिएको छ।
बीबीसीका अनुसार यो आँधी सारासोटा, फ्लोरिडातर्फ अघि बढिरहेको छ।
आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ।
करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ।
फ्लोरिडाका लाखौँ मानिस पहिले नै आफ्नो घर छाडेर भागेका छन्। मिल्टन अहिले सारासोटा पुगेको बताइएको छ।
यसअघि राष्ट्रपति जो बाइडेनले यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असोज २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा शक्तिशाली आँधी, २६ जनाको मृत्यु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु