चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए।
अध्यक्ष दाहालले भने “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने। फरक प्रसंगमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए। उनले राजनैतिक दल, सरकार र सामाजिक संघसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए। अध्यक्ष दाहालले भने “सरकारले उद्धार, राहत र पुनः स्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २० असोज २०८१, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड