नेकपाको असहमतिका बीच प्रदेश २ मा प्रहरी ऐन

पत्रपत्रिकाबाट

आइतबार, २८ असोज २०७५, ०८ : २१
नेकपाको असहमतिका बीच प्रदेश २ मा प्रहरी ऐन

काठमाडौं । प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरी विधेयक शनिबार पारित गरेको छ । संविधान र संघीय कानुनसँग बाझिएकाले ४ महिनादेखि विचाराधीन विधेयक नेकपाको असहमतिबीच दुई पटक बैठक डाकेर नियम निलम्बन गर्दै पारित गरिएको हो ।
पहिलो बैठकमा अध्ययन विशेष समितिकी संयोजक सुरिता साहले विधेयकको संशोधित मस्यौदा पेस गरेकी थिइन् । लगत्तै दोस्रो बैठकमा सभामुख  सरोजकुमार यादवले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई विधेयक अगाडि बढाउन अनुमति दिए । 

संसदीय नियमावलीमा समितिको प्रतिवेदन संसद्मा प्रस्तुत भएको २४ घण्टापछि मात्र छलफल हुने प्रावधान छ । तर सत्तापक्षको दबाबमा सभामुखले संसदीय नियमावलीको धारा १२१ को १ (क) मा रहेको प्रावधान निलम्बन गर्दै तुरुन्तै बैठक गरी विधेयकमाथि छलफल गराएका हुन् । त्यसका लागि सत्तासीन संघीय समाजवादी फोरमका सचेतक शैलेन्द्रकुमार यादवले नियम निलम्बन गर्न राखेको प्रस्तावलाई बहुमतले पारित गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस